कांग्रेसले देशमा परिवर्तन ल्याउन इतिहास रचेको कारण इतिहासको कुरा गर्छ : प्रकाशमान सिंह

काठमाडौं , भदौ ७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुन राजनीतिक दलले ईतिहास बनाउन सकेकोछ उसलेनै ईतिहासको कुरा गर्ने बताउनु भएकोछ ।

बिहिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ ले आयोजना गरेको एक कार्यक्रममा सिंहले जुन पार्टीले ईतिहासनै बनाउन सकेको छैन उसले कांग्रेस ईतिहासको मात्रै कुरा गर्छ भन्ने आरोपको पछि नलाग्न आग्रह गर्नु भयो । उहाँले नेपालको प्रजतान्त्रिक र लोकतान्तित्रक आन्दोलनका साथै परिवर्तनमा कांग्रेसले इतिहास रचेकै भएर इतिहासको कुरा गरेको बताउनु भयो ।

तर इतिहासको कुरासँगै कांग्रेसले जन चाहाना अनुरुप वर्तमान समय अनुसारको आफ्ना कार्यक्रम जनतामा लिएर जाने पनि नेता सिंहले बताउनुभयो ।
अब देश बिकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कांग्रेस पार्टीभित्र न्याय भएन भन्ने आवाज उठिरहेको भन्दै सबै नेता कार्यकर्तालाई समान अवसरको ब्यवस्थापनमा कांग्रेसले ध्यान दिनु पर्ने समेत बताउनु भयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत,बाग्मती प्रदेश सभापति ईन्द्र बानियाँ, कांग्रेस काठमाडौका सभापति सबुझ बानियाँ, प्रतिािधि सभाका सांसद सन्तोष चालिसे लगायतले कांग्रेसको संगठन मजबुत बनाउन लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्