तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत
काठमाडौं, ७ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका(२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश(०३(००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् ।
भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी(५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।
दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बसका चालक फरार छन् । घाइतेहरूको विवरण र अवस्था : ४८ वर्षीय भारतीय नागरिक घनश्याम चतुरबेदीको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको, अवस्था मध्यम सरकारी अस्पताल हेटौंडा, धनुषाको मौवा गाउँपालिका( १८ का ४१ वर्षीय घुरन मण्डलको बाया घुडा,कम्मरमा चोट ९डिश्चार्ज०
महोत्तरी लोहारपट्टी नगरपालिका( ५ का २६ वर्षीय जसबेन्दर पासवानको ढाडरदाहिने हातमा चोट – डिश्चार्ज, ५३ वर्षीय भारतीय नागरिक माया देबीको दाहिने कुममा चोट – मध्यम अवस्था, ३५ वर्षीय भारतीय नागरिक अनिल कुमारको टाउकोमा चोट( मध्यम अवस्था,
५० वर्षीय भारतीय नागरिक तारावती चतुरबेदीको निधाररकम्मरमा चोट( मध्यम अवस्था ७। ९ वर्षीया भारतीले बालिका क्रितिका चतुरबेदीको अवस्था सामान्य, ४८ वर्षीय भारतीय नागरिक श्यामलाल मालीको बाया खुट्टारछातिमा चोट(मध्यम, ४७ वर्षीय भारतीय नागरिकको हरवारी मालीको टाउकोमारढाडमा चोट(मध्यम, ७० वर्षीया भारतीय नागरिक चौथी देबीको दाहिने खुट्टारछातिमा चोट, ७२ वर्षीय भारतीय नागरिक सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टारबाया कुममा चोट(मध्यम
६३ वर्षीय भारतीय नागरिक धरम सिंहको निधाररछातिरबाया खुट्टा फ्याक्चर(मध्यम , १३। ६० वर्षीया भारतीय नागरिक इन्दु धाकद निधाररछातिमा चोट, १४। १६ वर्षीया भारतीय बालिका गर्बिदा चतुरबेदीको ढाडरछातिमा चोट(मध्यम, ५४ वर्षीय भारतीय नागरिक रामकुमार चतुरबेदीको बाया घुडारछातिमा चोट(मध्यम सन्चो अस्पताल हेटौडा, १६। महोत्तरीको जलेश्वरका ३८ वर्षीय बिहारी मुखीयाको मुखमा चोट बाया खुट्टा भाचिएको(मध्यम, पुरानो मेडिकल कलेज भरतपुर , ७३ वर्षीय भारतीय नागरिक रामप्रसाद पिको छातिरपेटमा चोट( अवस्था गम्भीर)
प्रतिक्रिया दिनुहोस्