बाढी पहिरो : उद्धार कार्यमा नेपाली सेना
काठमाडौं, भदौ ६ । नेपाली सेनाले बाढी पहिरोबाट प्रभावित स्थानहरुमा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
नेपाली सेनाका अनुसार बाढी पहिरोबाट प्रभावित कालिकोट, चितवन, रौतहट र मुगुका विभिन्न स्थानहरुमा उद्धार कार्यलाई निरन्तरता दिएका हुन् ।
कालिकोटको महावै गाउँपालिका–२, रकलवाडा टोलको ५० मिटरमाथि ढुङ्गा भासिन गई सो टोल जोखिममा परेको हुँदा उक्त जोखिमयुक्त ढुङ्गा फुटाई सम्भाव्य खतराको अवस्थालाई सामान्य तुल्याइएको नेपाली सेनाले जनाएको छ ।
यसैगरी, चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा माथिबाट सुख्खा पहिरो गई अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सडक डिभिजन कार्यालय तथा अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा सुचारु गराइएको छ ।
रौतहटको दुर्गाभगवती गाउँपालिका-३, मत्सरिमा बागमती नदीको कटान रोक्न स्थानीयहरुसँगको सहकार्यमा तटबन्ध निर्माण गरिएको छ ।
त्यस्तै, सेनाले मुगुको खत्याड गाउँपालिका–५ स्थित खमाले निवासी २१ वर्षिय स्थानीय महिला छाया नगरपालिका–२ स्थित हुटु व्यारेक नजिक सिकिस्त बिरामी भएको हुँदा निजलाई जिल्ला अस्पताल गमगढी पुर्याइएका छन् ।















प्रतिक्रिया दिनुहोस्