धादिङ बस दुर्घटना [अपडेट] : ८ जनाको मृत्यु
काठमाडौं, भदौ ६ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ । बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।
बसमा २५ जना सवार रहेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताए । घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको उनले जनाकारी दिए ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।















प्रतिक्रिया दिनुहोस्