अपडेट: त्रिशूलीमा खसेको बसबाट १८ जनाको उद्धार
काठमाडौं, भदौ ६ । त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ ।
हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ ।
धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।















प्रतिक्रिया दिनुहोस्