संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न सकेनन्ः वामदेव गौतम
काठमाडौं, भदौ ५ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न नसकेको बताएका छन्।
मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा सदस्यले भुमिका खेल्न नसकेको बताएका हुन्।
उनले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने बताए। संसदको अवरोध हटाउन सरकार सहयोगी हुने भएपनि सरकारले गरेन भन्ने गरिएको उनको भनाइ छ। उनले कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र निति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ? भनेर प्रश्न गरे।
उनले जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मान्नेहरुले संसद अवरोध गरिरहेको उल्लेख गर्दै जनताको बहुदलिय जनवादको सिद्धान्तले यही भन्छ भनि प्रश्न गरे।
प्रतिक्रिया दिनुहोस्