अन्ततः अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने पक्का, झण्डै तीन अर्व रुपैयाँ लाग्ने अनुमान
काठमाडौं ।अन्ततः अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने पक्का भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने पक्का भएको हो । उपत्यका बाहिर जग्गा हेर्ने काम भए पनि अन्ततः काठमाडौंमै बन्ने पक्का भएको छ ।
यसबारेमा धुर्मुस सुन्तली फाउन्डेशनका सीताराम कट्टेल धुर्मुसले पनि स्विकार गरेका छन् । उनले भने, ‘हामीले उपत्यका बाहिर पनि जग्गा हेरिएको हो तर सुविधा सम्पन्न स्थान काठमाडौं उपत्यका नै भएकाले यहीं नै बनाउने स्थिति बनेको छ ।’
काठमाडौं उपत्यका भनिए पनि कुन ठाउँ भनेर अहिलेसम्म खुलाइएको छैन । भक्तपुर, गोदावरी, जोरपाटी र चपलीमा जग्गा हेरिएको र त्यसमध्ये एक ठाउँमा यसै साताभित्र सहमति बन्ने बताइएको छ ।
चितवनमा पनि जग्गा दिने पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए । तर अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै भएकाले यहीं बनाउने खाका तयार भएको छ ।
क्रिकेट मैदान बनाउन झण्डै तीन अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नेपालले एक दिवसीय मान्यता पाएपछि धुर्मुसले क्रिकेट मैदान बनाउने निर्णय गरेका थिए ।
यसअघि उनी आवास गृह बनाउन सफल भइसकेका छन् । धुर्मुसलाई सरकारले सघाउँदैछ ।
प्रतिक्रिया दिनुहोस्