पाँचखाललाई ५ वटा सिटीको पहिचान बनाउने रणनीति अनुसार काम गरेका छौंं: प्रमुख महेश खरेल
काठमाडौं, ४ भदौ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले आफ्नो नगरभित्र पाँचवटा सिटी बनाई पाँचखाल नगरपालिकालाई पाँच सिटीको पहिचान बनाउने गरी भौतिक पुर्वाधर, कृषि, स्वास्थ्य, विश्व विद्यालय स्थापना लगातयका कार्यमा जोड दिएको छ ।
रेडियो आहाका लागि पत्रकार रञ्जित धमलासँग आहा स्थानीय सरोकार कार्यक्रममा बोल्दै पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले सो कुराको जनाकारी दिएका हुन ।
संघिय राजधानीबाट नजिक र कंक्रिटको काठमाडौंबाट टाढा बस्नका लागि पाँचखाल सबैलको लागि योग्य स्थल हो । भौतिक पूर्वाधारको पनि विकास भईरहेको, औद्योगिक विकासका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरणले पनि औद्योगिक ग्राम स्थापना गर्दै गरेको हुँदा सबै किसिमले सुविधा सम्पन्न शहर बन्ने र त्यस कार्यका लागि नगरपालिकाले विशेष रणनीति अनुसार ५ वटा सिटी बनाउने काम अगाडि बढाइएको बताए ।
१३ वटै वडालाई सडक सञ्जालमा जोडेको र अघिल्लो कार्यकालमा ४२ किलोमिरट बाटो ढलान तथा कोलोपत्रे गर्न सफल भएको उनको भनाइ छ । भएका स्रोत साधनलाई दुरुपयोग हुन नदिएर छुट्याएको बजेटले भौतिक पुर्वाधारमा जोड दिएको उनले बताए । प्रत्येक विद्यालय तथा स्वास्थ्य चौकी र प्रत्येक टोलहरुलाई पनि कालोपत्रेले जोड्ने योजना रहेको बताउँदै उनले यो प्रक्रिया अनुरुप आफुहरुले काम गरिरहेको जनाए ।
अर्को वर्षसम्म प्रत्येक टोललाई जोड्ने महत्वकांक्षी योजना रहेको र यसलाई पुरा गरेर नै छोड्ने अडानमा आफु रहेको उनले जिकिर गरे । नगरपालिकाको भवन, स्वास्थ्य चौकी तथा सबै वडा कार्यालयहरुको पूर्वाधार बनाइसकेको बताउँदै उनले यसरी नै भौतिक पुर्वाधारको काम अगाडि बढिरहेको जनाए ।
स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधारमा गरेको प्रगतिलाई मुल्याङनको आधारमा प्रदेश सरकारले २०७५/०७६ मा बाग्मीती प्रदेशको भौतिक पूर्वाधारको विकासको क्षेत्रमा उत्कृष्ट नगरपालिका रुपमा पाँचखालले सम्मान पाएको स्मरण गर्दै उनले यो पाउँदा अत्यन्त गर्व र खुशि लागेको बताए । यो हाम्रो कामकै मुल्यांकन हो जस्तो लाग्यो उनले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यलाई विषेश प्राथमिकतमा राखेर काम गर्छाै।’
पाँचखालका वासिन्दाका लागि खानेपानीको हाकार भएको बताउँदै एशियाली विकास बैक र शहरी विकाससँग प्रस्ताव लगेर दक्षिण एशियकै ठूलो स्मलपम्प वाटर प्रोजेक्टबाट सुनकोसी पानी लिफ्टिङ्ग गर्ने कार्य गरेका बताए । यो दक्षिण एशियकै ठूलो स्मलपम्प वाटर प्रोजेक्ट ८५ प्रतिशत काम सकिएको र तिहारसम्म उपभोत्ताको धारामा पानी ल्याउने कार्य महत्वकांक्षी योजना पुराहुने चरणमा रहको जानकारी दिए ।
स्थानीय रुपमा उत्पादित तरकारी, फलफुल, अन्न र खेर गईरहेको बस्तुहरुलाई रोजगार र आयआर्जनसँग जोड्न अब चाडै नै ९६ करोडको लागतमा ५० वटा साना कृषिमा आधारित उद्योगहरु संचालनमा ल्याइने बताउँदै उनले भने , यस क्षेत्रमा उत्पादन हुने वस्तुहरुलाई संकलन, प्रशोधन र गे्रडिङ्ग गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पूर्याउने लक्ष्य रहेको छ । किसानले उचित मुल्य पाउने गरि र बिचौलियाहरुलाई कम गर्ने उदेश्यका साथ, महिलाहरुलाई सक्षम बनाउनेमा जोड दिएको उनले बताए । पालिकाले ५० जना महिला उद्यमी तयार गरेको र यसबाट ४ हजारदेखि ५ हजारलाई रोजगार दिने अवधारण अगाडि बढिसेको पनि उनले उल्लेख गरे ।
साथै आर्थिक हिसावले अरु क्षेत्रभन्दा पाँचखाल अलि भिन्न र फरक रहेको उनले औंल्याए । यसक्षेत्रमा पुर्वाधार तथा बाटो सडकसञ्जाल जोडिसकेको तथा बनिसकेको पनि उनले बताए । पाँचखाल धेरैको आर्कषण भएर अहिले विदेशी पर्यटकको पनि बाक्लो उपस्थिित हुने गरेको उनको भनाइ छ । व्यापारी तथा उद्योगपतिको पाँचखालमा सञ्चालित उद्योगको शेयरमा आर्कषण बढेको आफुले देखेको बताए । स्थानिय उत्पादनलाई प्रशोसधन गरेर ठुलो मार्केटमा पठाउने गरेको बताए ।
मदन भण्डारी युनिभर्र्सिटी अफ साइन्स् एण्ड टेक्नोलोजीका सञ्चालनका लागि १३ हजार रोपनी जग्गा लिइसकेको बताउँदै काठमाडौं युनिभर्र्सिटीले नेपालमा पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई)े नयाँ पाठ्क्रम पाँचखालमा नै अध्ययन सरु हुने जानकार दिए । यस्तै कृषि क्याम्पस पनि यहाँ सञ्चालनको अवस्थामा रहेकोले नेपाली विद्यार्थीहरु विदेश जानुपर्ने वाध्यात्कम अवस्थाको अन्त हुनेछ । एग्रीकलचर लगाएतका विभिन्न विधाका पढाइहरु सुरु पनि यस नगरपालिकामा भएको व्यक्त गर्दै उनले यो खुशिको कुरा भएको उल्लेख गरे ।
उनले भने, यहाँ टर्निलको निर्माण भइरहेको छ यो भयो भने धेरै परिर्वनत हुन्छ , वनलाई पनि आयआर्जनसँग जोडन् गइरहेका छौं । सामुदाकि वनबाट उत्पादीत वस्तु प्रयोगका साथै बचेर यहाँका स्थानीय विकासमा लगाउने गुरुयोजना तयार पारका छौं । १३ वटा वडामा १३ करोड रुपैया आम्दानी गर्ने लक्ष्य आगमी ४ वर्षभित्रको रहेको उनले बताए । यसका लागि सामुदायिक वनको संरक्षण तथा जोगाएर राख्ने गरेको उनले बताए । त्यस्तै धान फल्ने र कुलो लाग्ने ठाउँमा घर बन्न नदिने भन्ने मिनी नगरसभाभाबाट पास गरेको उनले जनाए ।
त्यसैगरि पाँचखाललाई कुनै बेला लगाएको आरोप तथा बदनामको अफहा आफुहरुले अहिले आएर चिरको उनले बताए । खाद्य पदार्थ र तरकारीमा पहिले भन्दा अहिले विषादी धेरै कम भएको उनले दाबि गरे । पछिल्लो समय तरकारीको परिक्षण गरेको र खानयोग्य रहेको तथ्याङ्ग नै रहेको उल्लेख गरे ।
आत्माहत्यका घटना वैदेशिक रोजगार तथा समाजिक संजालका कारण बढेको उनको भनाइ छ । यसको निवारणका लागि नगररपालिकाले पाँचखालमा साइकोजोलिष्ट दरबन्दी राखेको उनले बताए । मानोचिकित्शको परामर्श सेवा दिन सुरु गरेको बताए । स्वास्थयका क्षेत्रमा पनि धेरै फड्को मारेको उनको भनाइ छ । यहाँ निःशुल्क मोति बिन्दु, निःशुल्क दाँत राखिदिने तथा आमाबुवाको सम्मानमा २ सयजनाभन्दा बढिलाई दाँत राँँख्ने काम भएको उनले जानकारी दिए । यसरी नगरवासीलाई सेवा प्रवाह पनि प्रभावकारी बनाउँदै लगेको उनले बताए । अझै ययसलाई बढाउदै र परिस्कृत गर्दै लैजाने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्