ललिता निवास प्रकरण: अनुसन्धान प्रतिवेदनबारे रवि भन्छन् – गृहमन्त्री ज्यु, केही त गडबड छ..
काठमाडौं, भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानकाे प्रतिवेदनमा गडबडी भएको आशंका व्यक्त गरेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला सभापति लामिछानेले यस्तो आशंका व्यक्त गरेका हुन्। सीआईबील ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।
सभापति लामिछानेले ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान बिनाको अपुरो फाइल पेश नगर्न सीआईबीलाइ आग्रह गरेका छन्। यस प्रकरणमा नाम मुछिएपनि पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराइसँग सीआईबीले बयान लिएकाे छैन। उनीहरू दुबैले बयानकाे लागि तयार रहेकाे सार्वजानिक अभिव्यक्ति दिँदा पनि सीआईबीले भने कुनै चासाे देखाएकाे छैन।
साथै सीआइबीले गैरकानुनी आदेश नमानोस् भनेर अपेक्षा पनि गरेका छन्। आइतबार सामाजिक संजालबाट सभापति लामिछनेले यस्तो धारणा व्यक्त गरेका हुन्।
यसबारे सामाजिक संजालमा रवि लेख्छन्, ‘CIB ले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठुलै गडबड छ।’
प्रतिक्रिया दिनुहोस्