आइतबारदेखि संसदको अवरोध हट्छः प्रधानमन्त्री दाहाल
काठमाडौं, २ भदौ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्का) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् ।
शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले संसद अवरुद्ध हटाउन पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन् ।
संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने बताए ।
आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुने उनको भनाइ छ ।
‘हामीले निरन्तर पहल गर्दै आएका छौं हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं । आशा छ भोलि सदन खुल्छ,’ उनले भने । साउन १० गतेदेखि संसद अवरुघ हुँदा जनताको मुद्धा र विभिन्न विद्येकहरु अलपत्र परेको छ ।
प्रतिक्रिया दिनुहोस्