सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग छलफल गर्दै

काठमाडौं,१ भदौ । लामो समयसम्म संसद अवरोध छ । यसले गर्दा जनताको मुद्धा ओझेलमा परेको छ । संसदको अवरोध खुलाउने पहल गर्न यतिखेर सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्दैछन् । बिहान ९ बजे बालुवाटारमा छलफल तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सभामुखले शीर्ष नेता, दलका सचेतकलगायत एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । तर, संसद सुचारुको छाँटकाँट छैन । प्रतिनिधिसभाको अबको बैठक ३ गते बोलाइएको छ ।

ठूलो परिमाणको सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेको भन्दै उच्चस्तरीय छानबिन समितिको दबाबसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर सदन अवरोध गरिरहेको छ । सरकार सीआईबीबाटै छानबिन हुनुपर्ने अडानमा छ । जसका कारण प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।यस पहलबाट संसद अवरोध हटाउन केहि पहल हुनसक्ने आस गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्