सरकारको संलग्नता बिना विमानस्थलबाट सुन बाहिरिन सक्दैन : सांसद केसी

काठमाडौं, साउन ३२ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिन नसक्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद केसीले यस्तो बताएका हुन्। उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताए ।

सांसद केसीले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय क्वीन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए ।उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए ।

नेता केसीले संसद बन्धक राख्नेकुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि औंल्याए ।

प्रतिक्रिया दिनुहोस्