एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिस्कार

काठमाडौं, साउन ३२ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् ।

बिहीबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, एमाले सांसदहरु उपस्थित नहुँदा कोरम पुग्न सकेन ।

कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । अन्य दलका सांसदहरुले भने झण्डै ४५ मिनेटसम्म एमालेका सांसदलाई समितिको बैठकमा कुरेका थिए । तर, एमाले सांसद उपस्थित नभएपछि समितिका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक स्थगित भएको जानकारी दिए ।

समितिको सभापति चयन नगरिएकोले एमालेले बैठक बहिस्का गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्