सुन तस्करी धेरै भयो, कर तिरेर खुला गर्नुपर्छ : सभापति देउवा

काठमाडौं, साउन २९ ।  नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् । उनले तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कर तिरेर सुन खुल्ला गर्ने व्यवस्था गरे तस्करी रोक्न मदत गर्ने देउवाको भनाइ छ ।
उनले नेताहरूको आलोचना गर्न पाइने पनि बताएका छन् । तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएका छन् ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस दलको बैठकले प्रमुख प्रतिपक्ष दललाई सदन खुलाउन आग्रह गरेको बताए । सांसदका दुई सदन लामो समयदेखि अवरुद्ध भएको भन्दै उनले सांसदले सरकारलाई जबाफदेही बनाउनुपर्ने पनि औंल्याए ।

संसद् जनताप्रति जबाफदेही हुनुपर्ने बताउँदै उनले संसद् अवरुद्ध गर्नु गैर जिम्मेवारी काम रहेको बताए , –

 

प्रतिक्रिया दिनुहोस्