विमानस्थलबाट बरामद गरिएको करिब एक क्विन्टल सुन जोख्न सुरु

काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंकको टक्सार महाखाशाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको करीब सय किलो भनिएको सुन जोख्न सुरु गरेको छ।

गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय केजी सुन आज राष्ट्र बैंकले तौलिन लागेको हो। राजस्व अनुसन्धान विभागले सुन जोख्ने प्रकृयाको लागि आग्रह गरेपछि आज सुन जोख्न थालिएको हो।

सुन जोख्ने प्रक्रिया पत्रकारहरुमाझ देखाइएको छ। टक्सार विभागमा बाहिरै राखेर सुन जोखिँदै छ। सुन जोख्ने स्थानमा नेपाली सेना, नेपाल प्रहरीको बाक्लो उपस्थिति छ।

जनतालाई देखाएरै सार्वजानिक रुपमा सुन जोखिएको हो। विमानस्थलबाट बरामद गरिएको सुन टक्सार विभागमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्