संसद अवरुद्ध भएको समयको पारिश्रमिक नलिने रास्वपाको घोषणा

काठमाडौँ, साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन्। गत साउन १० गतेदेखि अवरुद्ध संसद शुक्रबार पनि अवरुद्ध रह्यो।

रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन पनि आग्रह गरेका छन्।

उनले संसद अवरोध भएर नचलेका बेला कुनै पनि सेवासुविधा नलिने पनि सभामुखलाई जानकारी गराए। उनले त्यसरी रकम हालसम्म पाएको भए त्यसको मिलान गरिदिन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्