राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षी दुबैको विरोध, बैठक स्थगित
काठमाडौं, साउन २६ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा अनौठो दृश्य देखिएको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद् अवरोध गरिरहँदा सत्ता पक्षका सांसद्हरुले पनि उठेर विरोध गरेका छन्। उनीहरुले प्रतिपक्षीले संसद् अवरोध गरेकोमा विरोध गरेका हुन्।
शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हा । बैठकको प्रारम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई दलिय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिएका थियो।
सो क्रममा सांसदहरुले आ–आफ्नो धारणा राखे। धारणा राख्नेक्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूचि अगाडी बढाउन खोज्दा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसदहरु उभिएर बिरोध जनाएका थिए।
अध्यक्षले बिरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर बैठक अवरोध गरेका थिए।
दुवै पक्षका सांसदहरु उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिए। आगामी बैठक साउन ३१ गते बुधबार दिउँसो १ः०१ मा बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्