नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सीआईबी अपरेसन- थप २ ‘डाक्टर’ पक्राउ, समातिनेको संख्या ७ पुग्यो
काठमाडौं,साउन २६ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको हो। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। यसअघि बिहीबार सीआईबीले ५ जनालाई पक्राउ गरिसकेको छ।
सो प्रकरणमा बिहीबार ‘चिकित्सक’हरू रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी तथा नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा पक्राउ परेका हुन्।
बिहारबाट नक्कली प्रमाणपत्र ल्याएर चीनमा एमबीबीएस पढे सुनिल शर्माले
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध सीआईबीले अपरेसन अभियान सञ्चालन गरिरहेको छ।















प्रतिक्रिया दिनुहोस्