दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै, के के छन् कार्यसूचीमा?

काठमाडौं,साउन २६ ।  आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाईएको छ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ।
‍
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन्।

।

प्रतिक्रिया दिनुहोस्