यातायात विभाग अगाडि ट्याक्सि राखेर व्यवसायीको प्रदर्शन

काठमाडौं, साउन २५ । यातायात व्यवस्था विभाग अगाडि ट्याक्सि राखेर व्यवसायीहरुले प्रदर्शन गरेका छन्।

बिहीबार राष्ट्रिय मिटर व्यवसायि ट्याक्सि चालक संघले विभाग अगाडि ट्याक्सि राखेर प्रदर्शन गरेका हुन्।

रातो प्लेटले यात्रु बोकेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। करिव ३ सय जति ट्याक्सि बाटोमा राखेर उनीहरुले नारा समेत लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्