दुई जनाको नागरिकता रद्द गर्नेसहित यी हुन् मन्त्रिपरिषदका १८ निर्णय (सूचीसहित)

काठमाडौं, साउन २४ । सरकारले झूटो विवरण पेश गरी वंशजका आधारमा लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को साउन २३ गते बसेको बैठकले पर्सा र कास्कीबाट प्रदान गरिएका दुई वटा नागरिकता रद्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्साबाट वंशजका आधारमा लिइएको अमन चौधरी (अग्रवाल)को नागरिकता रद्द गरिएको हो ।

उनले २०७७ कात्तिक २५ गते नागरिकता लिएका थिए । यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषद्ले रद्द गरेको छ । उनले २०७९ साउन २६ गते नागरिकता लिएकी थिइन्। यसमा संलग्नलाई व्यक्तिलाई पनि कारबाही गरिने भएको छ ।

यस्तै मन्त्रिपरिषद्ले नेपाल राष्ट्र ब्यांकलाई पाँच रुपैयाँका दरका १५ करोड सिक्कालाई टकमरी गर्न स्वीकृति दिएको छ । बैठकले सिंहदरबारको संशोधित गुरुयोजना पनि स्वीकृत गरेको छ ।

 

1 3
2 3
प्रतिक्रिया दिनुहोस्