ललिता निवास प्रकरणः आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, साउन २४ ।  बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो।

ब्युरोले ललिता निवासको जग्गा अनियमितता आशंकमा हालसम्म २० जनालाई पक्राउ गरेर संगठित किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्