२० उपसचिव र १८ शाखा अधिकृतहरुको सरुवा (सूचीसहित)
सरकारले २० जना उपसचिव र १८ जना शाखा अधिकृतहरुको मंगलबार सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतहरूको सरुवा निकालेको हो।
सरुवा भएका २० उपसचिवमध्ये १९ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ।
उता ती स्थानीय तहमा निमित्तको भूमिकामा रहेका अधिकृतहरूलाई मन्त्रालयमा सरुवा गरिएको छ।
यो सरुवाले मधेश प्रदेशका सबै स्थानीय तहका दरबन्दीमा प्रशासकीय अधिकृतहरु पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मधेश प्रदेशसहितका स्थानीय तहबाट सरुवा गरिएका शाखा अधिकृतहरू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत आएका छन्।
प्रतिक्रिया दिनुहोस्