स्थानीय तहमा पशु चिकित्सकको अभाव, लम्पी स्किन नियन्त्रणमा कठिनाइ
काठमाडौं, साउन २४ । सबै स्थानीय तहमा दरबन्दीअनुसार पशु चिकित्सक ९भेटेरिनरी डाक्टर० खटाउन नसक्दा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारलाई कठिनाइ उत्पन्न भएको छ ।
पशु चिकित्सक परिषद्का अनुसार सात सय ५३ स्थानीय तहमध्ये दुई सय ३७ पालिकामा मात्रै पशु चिकित्सक कार्यरत छन् । बाँकी पाँच सय १६ स्थानमा पशु चिकित्सक खटाउन सकिएको छैन ।
सुरुमा दुई सय ८३ पालिकामा पशु चिकित्सक खटाइएको भए पनि विभिन्न असन्तुष्टिका कारण ४६ जनाले जिम्मेवारी छाडेको परिषद्को भनाइ छ । जसकारण हाल दुई सय ३७ स्थानमा मात्रै पशु चिकित्सक कार्यरत छन् ।
परिषद्का प्रवक्ता डा। मनोजकुमार शाहीले प्रदेश लोक सेवाबाट समयमै पर्याप्त मात्रामा पदपूर्ति हुन नसक्दा स्थानीय तहमा पशुविज्ञ चिकित्सकहरूको अभाव भएको बताए ।स्थानीय तहमा समायोजन हुँदा एक तह घटुवा हुने भएकाले पनि पशु चिकित्सकहरूको अभाव हुन थालेको उनको भनाइ छ ।
परिषद्का अनुसार देशभरिका संघ, प्रदेश र स्थानीय तहमा कुल एक हजार दुई सय एकजना पशु चिकित्सक र पशु विकास अधिकृतहरूको दरबन्दी छ, तर समयमै भर्ना नखुलाउँदा र स्थानीय तहमा जाँदा तह घटुवा हुने हुँदा पदपूर्ति हुन सकेको छैन ।















प्रतिक्रिया दिनुहोस्