हाम्रा संस्थामाथि किन अविश्वास ? छानबिन यसमा गरौँ : विश्वप्रकाश शर्मा

काठमाडौं, साउन २३ ।  सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति माग गर्ने एमालेले ३३ किलो सुन प्रकरणको फाइल बन्द गराएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले अहिले संसदीय छानबिन समिति भन्दा पनि सरकारले गरिरहेको अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताए ।

“छानबिन आयोगको विषयमा संवादमै छौँ, निष्कर्षमा पुगौँला । सय किलो सुन त भेटियो । ३३ किलो सुनको छानबिन अयोग त छोड्नुहोस्, एउटा तोलासम्म ३३ किलो सुनको कथा फाइल बन्द भएको छ,” शर्माले भने ।

बरु अहिले सरकारी संयन्त्रमा भइरहेको अविश्वासबारे आयोग बनाएर छानबिन गर्न सकिने उनको भनाइ छ ।

“हामीलाई कोप्रति अविश्वास ? सीआईबीप्रति अविश्वास हो ? राजस्व अनुसन्धानप्रति अविश्वास ?,” उनले भने, “छानबिन आयोग गठन गर्नुपर्छ भनेर नेपाली कांग्रेसको पार्टीको तर्फबट माग गर्न चाहान्छु, हामीले हाम्रो संस्थामाथि किन विश्वास गर्न सकेनौँ छानबिन यसमा गरौँ । विश्वासको संकट उत्पन्न हुने गरी प्रश्न उठ्ने किन बनायौँ, यसमा छानबिन गर्न अयोग बनाऔँ ।”

उनले ससानो विषयमा पटकपटक संसद् अवरोध गरेर समस्या समाधान नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्