संसद नचलेकोप्रति रवि लामिछाने भन्छन्- संसद चल्दैन, बार्गेनिङ चल्छ !

काठमाडौं, साउन २२ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद बैठक नबसेकोमा दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं भन्दै अहिले संसद नचलाएर बार्गेनिङ गरिएको आरोप लगाएका छन् ।

उनले लेखेका छन्- वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दु:खद..

नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ । संसद्को अवरोध हटाउन सभामुखको पहलमा अहिले शिर्ष नेताहरुको बैठक जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्