शिर्ष नेता छलफलमै मात्र सिमित : प्रतिनिधिसभा बैठक भोलि सम्मका लागि स्थगित
काठमाडौं , साउन २२ । प्रतिनिधिसभाको बैठक मंगलबार ९भोलि० सम्मका लागि स्थगित गरिएको छ।
आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।
यसअघि, संसद् बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको थियो। पछि अपराह्न ४ बजे बस्ने गरी बैठकको समय सारिएको थियो। तर, बैठक सुरु नै नभइ भोलिसम्मका लागि स्थगित गरिएको हो।
साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेको थियो। एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन्। शिर्षनेताहरु छलफलमै अलमलिएका कारण र ठोस निर्णयमा पुग्न नसकेर पनि बैठक अवरुद्ध हुँदै आएको छ । सहमतिको प्रयास नहुँदा यो अवस्था सिर्जना भइरहेको हो।
प्रतिक्रिया दिनुहोस्