सात हजार बढीमा डेंगु संक्रमण, ७ जनाको मृत्यु
काठमाडौं, साउन २२ । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए।
सोमबार काठमाण्डौमा भएको कार्यक्रममा बोल्दै डा।मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताए। उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए।
डा।मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताए। हालसम्म ७ जनाको मृत्यु भएको पनि डा। मरासिनीले जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्