म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन
एजेन्सी । प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १–० ले म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । शनिबार भएको खेलमा सिटीले टोटेनह्यामलाई ३–१ ले हराएको थियो ।
३३ खेलपछि सिटीको ८७ अंक छ भने युनाइटेडको १६ अंक कम ७१ अंक छ । ७३ औं मिनेटमा जोय रोड्रिगेजले गरेको गोलमा वेस्टब्रुमबीचको जित पक्का भएको थियो । वेस्टब्रुमबीच जितपछि पनि २४ अंकसहित तालिकाको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्