प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौं, साउन २२ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो।















प्रतिक्रिया दिनुहोस्