सुन तस्करी काण्डको अनुसन्धान अब सीआईबीले गर्ने
काठमाडौँ , साउन १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १ क्विन्टल सुनको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएको छ ।
हालसम्म राजस्व अनुसन्धान विभागले मात्र उक्त प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।
हिजो प्रधानमन्त्रीसँग गृहमन्त्री र नेपाल प्रहरीका आईजीपीसाँ छलफल गरेपछि सरकार उक्त अनुसन्धानको बाँकी काम सीआईबीलाई जिम्मा लगाउने निष्कर्षमा पुगेको हो ।
हालसम्म भएका अनुसन्धानको फाइल र पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धानले सीआईबीको जिम्मा लगाउने छ ।
अनुसन्धान पूरा भएपछि राजस्व अनुन्धान विभागले राजस्व छली र सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने छन् ।















प्रतिक्रिया दिनुहोस्