डेंगी नियन्त्रण गर्न कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन १९ ।  नेपाली कांग्रेसले डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति निकालेर डेंगी नियन्त्रण गर्न ध्यानाकर्षण गराएका हुन्।

‘कोशी प्रदेशको धरान र आसपासका क्षेत्रमा डेंगीले धेरै जनाको मृत्यु भइसकेको छ। धेरै नागरिक सिकिस्त बिरामी छन्,’ पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ। बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिन र दीगो तथा प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ।’

साथै मानवीय सेवामा जुट्न पार्टीका सदस्यहरूलाई कांग्रेसले आग्रहसमेत गरेको छ।

विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्