काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा

काठमाडौं , साउन १७ । काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा भएको छ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै तामाङ समूदायले प्रहरी कार्यालयको गेटमाथिनै ढुंगामुढा गरेका हुन् ।

अधिवक्ता पक्राउको माग गर्दै ढुंगामुढा भएको हो । उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी भने लिइसकेको छ । केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुभाइबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेकी थिइन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार आन्दोलनकारीको ढुंगामुढाबाट १०–१२ जना प्रहरी घाइते भएका छन् । केही घाइते प्रदर्शनकारीसहितलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीका अनुसार आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले आन्दोलन थालेको थियो ।

यसैबीच प्रहरीले अधिवक्ता पाण्डेलाई बिहानै नियन्त्रणमा लिएको थियो ।त्यसपछि यो विषयले संसद्मा समेत प्रवेश पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्