कोशीका सभामुख गौतमले दिए राजीनामा

 

काठमाडौँ , साउन १६ । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् ।

काठमाडौँमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम सभामुख गौतमले उपसभामुख सिर्जना दनुवारलाई राजीनामा पत्र बुझाएका हुन् ।

उनले पदबाट राजीनामा दिएर नेपाल कांग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्रीमा समर्थन गर्ने भएका छन् ।

यसअघि सभामुखकै हैसियतमा पनि उनले थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए । तर, एमालेले उक्त सरकार गठनविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको थियो ।

उक्त रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले सभामुखको मत लिएर सरकार निर्माण गर्न सकिने प्रावधान संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै थापाको नेतृत्वमा बनेको सरकारलाई अवैधानिक ठहर गरेको थियो ।

त्यसपछि थापा नेतृत्वको सरकार ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्