माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने

काठमाडौं, साउन १५ । माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने भएको छ।

आज बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको हो।१७ गतेबाट बस्ने बैठकको पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि बालुवाटारमा आज पदाधिकारी बैठक बसेको थियो।

यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्