टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्था रहेन- मन्त्री किराँती

काठमाडौं, साउन १४ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफु टुलुटुल हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

आइतबार ललतिपुरमा आयोजित वर्तमान परिस्थितमा पर्यटनको समस्या र समाधान विषयक अन्तरक्र्रिया कार्यक्रममा मन्त्री किराँतीले बजेटमा उल्लेख भइसकेपछि कमा र हलन्त पनि फेर्न नपाइने रहेछ । कि अब संविधान संशोधन गर्नु पर्यो या राजीनामा दिनु पर्यो भन्दै उनले यी दुई बाहेक अन्य विकल्प नभएको बताए ।

उनले भने- ‘मलाई के हेरेर बसेको छस् भनेर सोध्छन्, म टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न नसक्ने अवस्थामा पुगे, कही नभएको जात्रा हाँडीगाउँमा भने जस्तो बजेट पेश भएपछि कमा पनि फेर्न पाइदैन, सरकार ढल्ने रहेछ, अनि टुलुटुलु हेरेर बस्नु बाहेक के गर्नु !’

मन्त्री किराँतीले नेपालमा सरकारी संयन्त्रको काम गराई निकै झन्झटिलो भएको बताउँदै कुनै पनि काम गर्न ज्यादै घुमाउरो प्रक्रिया पूरा गर्नु पर्ने दुखेसो पोखे ।

उनले भने- ‘बूद्ध जयन्तीको अवसर पारेर मैले लुम्बिनीमा सात दिनको लागि फ्रि भिसा लागू गरौं भनेर मैले क्याविनेटमा लगे सबैको प्राय जसो सकारात्मक थियो प्रधानमन्त्री पनि, तर पनि फेल भयो । किनभने हाम्रो अर्थमन्त्रालय कति डलर आउँछ भिसाबाट भनेर हिसाव गरेर बसेको रहेछ । कति हजार आएर त्यसले पर्यटनको क्षेत्रमा ठूलो योगदान गर्ने भन्ने हामी बुझनै सकिरहेका छैनौं । हाम्रो सोच जमाना अनुसारको छैन । जहाजमा भ्याट लाग्यो तर अनलाईनबाट टिकट काट्छ भन्ने त्यो लेख्नेलाई थाहै छैन् ।’

मन्त्री किराँतीले पर्यटन र संस्कृति नीतिमा नै परिवर्तन गर्नु पर्ने र सबै सरोकारवालाहरुको पक्ष त्यहाँ हुनुपर्ने बताए । यद्धपि यो पुस्ताले निराश नबनि अघि बढे केही गर्न सकिने सम्भावना भने रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्