सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन १४ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण गराएको हो ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकबाट सो विषयमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको एक सदस्यले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको करिब १०० किलो अवैध सुनका विषयमा समितिले चासो व्यक्त गरेको हो ।

बैठकमा बोल्ने क्रममा समिति सदस्यहरूले सो प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्