कांग्रेसले सुधारको अभियान नगरे जनतासंग जोडिन गाह्रो पर्छ: नेता सिंह
काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग अनुसार पार्टी सञ्चालनमा फरक पन ल्याउनु पर्ने बताएका छन्।
नेपाली कांग्रेस चितवनले पार्टी कार्यालय चितवनमा आज आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले एक अर्कोलाई दोसारोपण गरेर कोइ कहि नपुग्ने भन्दै पार्टी भित्र आन्तरिक सुधार जरुरी रहेको बताएका हुन्।
नेपाली कांग्रेसले आफूलाई सुधारको अभियान नथाले जनतासंग जोडिन गाह्रो पर्ने भन्दै पार्टी सुधारको एउटै महत्त्वपूर्ण आधार पार्टि विधान कडाईका साथ कार्यान्वयन रहेको उनले बताए।
नेता सिंहले कांग्रेसले समयको माग र जन चाहाना अनुरुपका कार्यक्रम लियर अब जनताकोको घर आगनमा पुग्ने समेत बताए। कांग्रेस भित्र दुख मिहेनत गरेका नेता कार्यकर्ता को मुल्यांकन नहुनुले पनि असन्तोष रहेको उनले बताए।
कांग्रेस विचारको बहस कम र गुटगत स्वार्थ बढि हुने गरेको भन्दै यसमा समेत सुधार ल्याउनु पर्ने उनको भनाइ छ। नयाँ पार्टी खुल्दैमा कांग्रेस आतिनु भन्दा कांग्रेस लाई ब्यवस्थापन राम्रो गरेर लान तिर सबैको ध्यान केन्द्रित हुनु पर्ने उनले बताए।















प्रतिक्रिया दिनुहोस्