सुन लुकाएको आशंकामा चिनियाँले भाडामा लिएको घरमा राजस्वको छापा

काठमाडौं, साउन ११ । सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिनले भाडामा लिएको एक घरमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ।

सुन लुकाएको आशंकामा लिनले लाजिम्पाटमा भाडामा लिएको घरमा विभागले बिहीबार छापा हानेको हो। तर, सुनजन्य कुनै वस्तु नभेटिएपछि भाडामा लिएको फ्ल्याट सिल गरिएको छ।

सामान उठाइसकेको आशंका गरिएको छ। यसअघि बुधबार लिनकै बालुवाटारस्थित गोदामबाट सुन गाल्ने मेसिन बरामद भएको थियो।

प्रतिक्रिया दिनुहोस्