मनसुनजन्य विपद्: बाढी पहिरोबाट हालसम्म ३१ जनाको मृत्यु
काठमाडौं, साउन ११ । यस वर्षको मनसुनजन्य विपद्बाट हालसम्म ३१ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता छन् भने ३४ जना घाइते छन् ।९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ ।
महाशाखाका अनुसार बाढी–पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ । गत असार पहिलो साता आएको बाढीबाट संखुवासभामा ४ जनाको मृत्यु भएको थियो भने भने १८ जना अझै बेपत्ता छन् ।
ताप्लेजुङको पहिरामा ३ जनाको मृत्यु भएको घ भने ३ जना अझै बेपत्ता छन् । पाँचथरको बाढीमा पनि ३ जनाको मृत्यु भएको थियो भनेर ३ जना अझै भेटिएका छैनन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको थियो ।
२ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसको आकलन छ ।















प्रतिक्रिया दिनुहोस्