कर्मचारी सरुवा गरेर सुन प्रकरण टालटुल पार्न खोजियो : रवि लामिछाने

काठमाडौं, साउन १० ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गैरकानुनी रूपमा नेपालमा सुन भित्रिएको प्रकरणलाई सरकारले कर्मचारी सरुवा गरेर टाल्न खोजेको आरोप लगाएका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले भन्सार कार्यालयका केही कर्मचारीलाई सरुवा गरेर गैरकानुनी रूपमा नेपालमा सुन भित्रिएको प्रकरणलाई सरकारले टाल्न खोजेको आरोप लगाए ।

‘सरकार यदि यो घटनाको जरैसम्म पुग्न चाहन्थ्यो भने भरियालाई पिच्छा गरेर पक्राउ गर्न सक्थ्यो तर उसले भरिया मात्रै समाएर घटनाको जरोसँग पुग्न सकेन’, लामिछानेले भने । उनले सरकारलाई सबै घटनाको जरो थाहा भए पनि फाइल खोलेको जस्तो गर्दै छोड्दै गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्