सरकारको कमजोरीका कारण विमानस्थलबाट सुन उम्कियोः नेता पाण्डे

काठमाडौं, साउन १० ।  नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्करी भएको बताएका छन्।

बुधबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एउटा अंग कमजोर हुँदा अर्को सरकारको अंगले पक्राउ गर्नु राम्रो पक्ष भएको बताए। सरकारका सबैखाले अंगहरु चुस्त र दुरुस्त हुनुपर्ने उनको भनाइ थियो।

उनले सेटिङ बिग्रिएर सुन समातियो भन्ने बाहिरि आशंका रहेको भन्दै कुनैपनि भ्रष्टाचारजन्य र तस्करीजन्य गतिविधिमा पूर्ण रुपमा नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्ने बताए। राज्यले भ्रष्टाचारजन्य गतिविधिहरु नियन्त्रणका लागि राम्रोसँग काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

नेकपा (एकीकृत समाजवादी) ले सुन तस्करी प्रकरणमा गृहमन्त्री वा अन्य मन्त्रीहरुको राजीनामा मागेर अनुसन्धान बिथोल्ने काम भए त्यसको बिरोधमा पार्टी रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्