सत्ताधारी दलले देश लुटिरहेका छन्, चुप लागेर बस्नु हुँदैन : अध्यक्ष ओली
काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाएका छन् । सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुने समेत ओलीले बताए ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आज (बुधबार) एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन ।’
एमालेले सुन तस्करीसहितको विषयमा संसदमा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो । सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले प्रश्न गर्दै आएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्