नयाँ बानेश्वरमा लघुवित्तीय संस्थाविरुद्ध प्रदर्शन, पीडित र प्रहरीबीच झडप

काठमाडौं, साउन १० । नयाँ बानेश्वरमा लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले प्रदर्शन गरेको छ।

केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका उनीहरूले आज संसद् भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन्।
संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप पनि भएको छ ।

निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो ।

पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्