अमेरिकाबाट आएर सुदूरपश्चिमेली जनता माझ पुग्दै नेता विष्ट
धनगढी- कांग्रेस नेता आनन्द विष्ट यतिबेला गृह प्रदेश सुदूरपश्चिम भ्रमणमा रहेका छन्। अमेरिका बस्दै आएका नेता विष्ट नेपाल आएको मौका पारि नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्न गृह जिल्ला पुगेका हुन्।
नेपाल–अमेरिका जन सम्पर्क समितिका अध्यक्षसमेत रहेका विष्ट कैलाली, डडेल्धुरा र डोटीलगायत जिल्लामा पुगेका छन्। भ्रमणका क्रममा शैलेश्वरी, उग्रतारालगायत उनले विभिन्न शक्तिपिठहरूको दर्शनसमेत गरेका छन्। उनी नेपाल प्रेस युनियन डोटी शाखाको अधिवेशनमा समेत सरिक भएका थिए।
कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टलाई डडेल्धुरामा भव्य स्वागत गरिएको थियो। विभिन्न समय र परिस्थितीमा डडेल्धुरा लगाएत अन्य जिल्लामा समाजिक क्षेत्रमा योगदान पुगाउँदै आएका विष्टलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुरा कार्यसमितीको आयोजनामा स्वागत तथा सम्मान गरिएको हो।
कोभिड–१९ को संक्रमण उच्च देखिएका बेला डडेल्धुरा अस्पतालमा राखिएको पिसिआर मेसिनसँगै समाजिक क्षेत्र र विकास निर्माणमा समेत योगदान पुगाएको भन्दै अध्यक्ष विष्टलाई सम्मान गरिएको कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले बताए।
गरिविनिवारण र अन्य समाजिक विकासमा सहयोगका लागि नेपाल–अमेरिका सम्पर्क समिति अध्यक्ष र अन्य विदैशिक रोजगारमा गएका युवाहरूको महत्त्वपूर्ण भूमिका रहेकाले नेपाली राजनीतिमा पनि सहयोग पुगाउनका लागि विदेशी सहायताको आवश्यकता पर्ने कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहेका पार्टिका उपसभापती तथा अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीले बताए।
अध्यक्ष विष्टलाई नेपाल विधार्थी संघ, नेपाल ट्रेड युनियन कांग्रेस, तरुण दल, कांग्रेस कार्यसमितिका पदाधिकारी र जननिर्वाचित वडा अध्यक्षको सहभागितामा सम्मान गरिएको थियो। सम्मान ग्रहण समारोहमा विष्टले डडेल्धुरालगायतका अन्य जिल्लाका लक्षित समुदाय, व्यक्तिका लागि र विद्यालय, अस्पताल तथा अन्य विकास निर्माण र वैदेशिक रोजगारका लागि जानचाहनेहरूलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।
बदलिदो राजनितिक परिस्थितीमा पनि आफू कांग्रेसलाई बलियो र गुणात्मक बनाउन संगठनका हरेक गतिविधिमा साथ दिइरहेको बताउँदै उनले डडेल्धुराको भूमिले कांग्रेस पार्टी सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जस्ता पुत्र जन्माएको प्रति गौरव रहेको उल्लेख गरे। उनले यस भूमिलाई सम्मान गरिरहने बताए।
प्रतिक्रिया दिनुहोस्