सभापतिलाई गाली गरेको होइन सुझाव दिएको हो- महामन्त्री शर्मा

काठमाडौं, साउन ८ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई आलोचना र गाली गरेको नभएर सुझाव दिएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी बैठकमा सभापतिलाई गाली गरेको भन्ने टिप्पणीको जवाफ दिदै पार्टी विधान अनुसार अगाडी बढाउ भन्दा आलोचना वा गाली गरेको नभई सुझाव दिएको हुने जवाफ दिएका छन् ।

महामन्त्री शर्माले सभापति देउवालाई आफ्ना गल्ति सुधार गर्न र पार्टीलाई विधानको व्यवस्था अनुसार संचालन गर्न आग्रह गरेका छन् ।

बैठक लाइभ गर्दा पार्टीका विषयहरु बाहिर आएको विषयको खण्डन गर्दै महामन्त्री शर्माले पार्टी आम जनताकै भएकोले पार्टीका कुरा बाहिर आउनु स्वभाविक भएको टिप्पणी गरेका छन् ।

शर्माले भने- ‘बैठक लाइभ गर्दा पार्टीका केहि कुराहरु बाहिर आए । सभापति, महामन्त्रीका कमजोरीका कुराहरु बाहिर आए र मिडियाले पनि ति कुराहरु लेखेको छ । तर यसले अन्य पार्टीमाथि पनि लाइभ गर्ने दबाब बढेको छ । यसको प्रभाव धेरै तिर पर्ने देखिन्छ ।’

शर्माले बैठकमा केन्द्रीय सदस्यले उठाएका विभिन्न प्रश्नको समेत जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्