डीएसपी केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष प्रहरीको सिफारिस

काठमाडौँ , साउन ८ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक९डीएसपी० गठबहादुर केसीलाई जागरबाटै बर्खास्त गर्न गृहमन्त्रकालयलाई सिफारिस गरेको छ ।

३५ तोला सुनसहित पक्राउ परेका केसीलाई बर्खास्त गर्न गृहलाई प्रहरीले सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले केसी माथि गरेको छानविनका क्रममा केसीले गम्भीर गल्ति गरेको देखिएकोले उनलाई पदबाटै बर्खास्त गर्न प्रहरीले आग्रह गरेको हो ।

११ पुसमा डिएसपी केसी व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका थिए । यसै विषयमा केसीविरुद्ध प्रहरी प्रधान कार्यालय छानविन गरेको थियो ।

उनीविरुद्धको छानविन समितिले उनले गम्भीर गल्ती गरेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्