सुन तस्करी प्रकरण : ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ

काठमाडौं , साउन ७ । हङकङ हुँदै नेपाल भित्र्याइएको १०० किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ। राजस्व अनुसन्धान विभागको टोलीले उनीहरुलाई आइतबार हिरासतमा लिएको हो।

निलम्बनमा परेर पक्राउ पर्ने कर्मचारीहरुमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्।

भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन्। उनीहरुलाई छानबिनको दायरा बढाउन समातिएको विभागका एक अधिकारीले बताए। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्