२६ सहसचिवको सरुवा , को कहाँ ? (सूचीसहित)

कामाडौँ, साउन ७ ।सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।

जस अनुसार राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेको अर्थ मन्त्रालयमा सरुवा भएको छ। ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याललाई गृह मन्त्रालय तानिएको छ।

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रदेश सचिव भीष्मकुमार भुसाललाई सामाजिक विकास मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ। तीर्थराज भट्टराईलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ।

 

यस्तो छ सूची

प्रतिक्रिया दिनुहोस्