ठूला घटनाहरु छानविनको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्छः सांसद पौडेल
काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद प्रदीप पौडेलले गणतन्त्र प्राप्तपछि उच्च पदमा पुगेकोहरुको सम्पत्ति छानविनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएका छन्।
उनले शुक्रबार पार्टी केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै उक्त कुरा बताएका हुन्। ‘हामीले सबै घटनाको छानविन गर्ने नेतृत्व लिनुपर्छ । उच्चपदस्थहरुको सम्पत्ति छानविनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ । यी घटनाहरु भावना मात्र होइनन्। यी नैतिक र कानुनी प्रश्नहरु पनि हुन। यसमा हाम्रो पार्टीका केही नेताहरु पनि अप्ठेरोमा हुनुहुन्छ’, पौडेलले भने।
उनले कुनैपनि व्यक्तिलाई संसदीय निर्वाचनमा ४ चोटी भन्दा बढि अवसर दिन नहुने बताए। ‘समानुपातिक सांसदमा एक जना व्यक्तिलाई एक चोटी भन्दा बढि अवसर दिनु हुदैन्। प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरुमा एक जना व्यक्तिलाई २ चोटी भन्दा धेरै अवसर दिनु हुदैन’, सांसद पौडेलले बैठकमा प्रस्ताव राखे।
प्रतिक्रिया दिनुहोस्